‘संसार छाड्ने’ म्यासेज लेखेर हराएका युवक भैँसेपाटीमा फेला
‘संसार छाड्ने’ म्यासेज लेखेर हराएका युवक भैँसेपाटीमा फेला
‘अब म यो संसारबाट बिदा लिने समय भयो’ भन्दै कलेजको ग्रुपमा म्यासेज छाडेर आइतबार साँझदेखि बेपत्ता भएका युवक भैँसेपाटीमा फेला परेका छन् । बिबिएस चौंथो वर्षामा अध्ययनरत सरोज माबो लिम्बु भैँसेपाटीमा अर्धचेत अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। मुसा मार्ने विष पिएको अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पाटन अस्पताल पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्