काठमाडौं महानगरमा ४४ हजार मत गन्न बाँकी, कसले पाए कति मत?
काठमाडौं महानगरमा ४४ हजार मत गन्न बाँकी, कसले पाए कति मत?
काठमाडौं महानगरमा अब ४४ हजार ७१७ मत गन्न बाँकी रहँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।बिहान साढे ६ बजेसम्मको अपडेटअनुसार बालेनले ४८ हजार ९२२ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन्।यस्तै,एमालेका केशव स्थापितले २९ हजार १५९ मत ल्याएका छन्।अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत प्राप्त गरेका छन्।