फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मन( पिएसजी) सँग थप तीन वर्षको सम्झौता गरेका छन् । रियल म्याड्रिडको एमबाप्पेलाई भित्राउने इच्छा यस पटक पनि पूरा हुन पाएन । पिएसजी क्लबको नयाँ प्रस्तावमा सहमत भएका एमबाप्पेले आफू प्रति विश्वास गरेका क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिए।