इटहरीमा नेकपा एमालेका नेता तथा निर्वाचन परिचालन कमिटी सहसंयोजक हिमाल सुवेदिमाथि कुटपिट भएकाे छ । उपमेयरमा पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् ।प्रहरीका अनुसार सुवेदीको आँखामा चोट लागेको छ । कुटपिटपछि अहिले कारबाहीकाे माग गर्दै एमालेका कार्यकर्ताहरु प्रदर्शनीमा उत्रिएका छन् ।