नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूत रूपमा सफल भएको बताएका छन्। गठबन्धनका तर्फबाट विजयी उमेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर जाने बताए।उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे।