दक्षिण कोरियामा हान डक सु नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार सुलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री सुले यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।