यौन हिंसाको केसमा नाम जोडिएपछि माल्भिकाले मागिन् माफी
यौन हिंसाको केसमा नाम जोडिएपछि माल्भिकाले मागिन् माफी
मिस ग्लोबल इन्टरनेसनल ब्युटि-पेजेन्ट आयोजना गर्ने एक कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै भिडिओ सार्वजनिक भएपछि त्यति बेला राम्ररी कुरा नसुनेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले माफी मागेकी छन्। बिहीबार दिउँसो सामाजिक सञ्जालमा सुब्बाले आफू माफीको लायक समेत नभएको भन्दै लामो माफीनामा पोस्ट गरेकी हुन्।