ललितपुरमा १० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यस पटक पराजित
ललितपुरमा १० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यस पटक पराजित
ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका ८१ बर्सिया स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् । उनी यसपटक नेपाली कांग्रेसबाट उम्मेदवार आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भएका हुन्। नरसिंहले ५४३ मत मात्रै ल्याए।