आफ्ना ‘राजनीतिक गुरु’को प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल
आफ्ना ‘राजनीतिक गुरु’को प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल
काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधि बस्न पुगेका हुन् । बालेनले नरसिंह व्यन्जनकारलाई आफ्नो ‘राजनीतिक गुरु’ मान्ने गरेका छन् ।