ललितपुर प्रमुखमा चिरिबाबुको अग्रता कायमै
मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा दोब्बर मतले अग्रता
ललितपुर महानगरको मेयर पदमा मतगणना जारी छ। मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा दोब्बर मतले अग्रता लिइरहेका छन्। बुधवार बिहानसम्म महर्जनले ११ हजार ९२० पाउँदा एमालेका ब्यञ्जनकारले ५ हजार ५७० मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस्