काठमाडौं। गत वैशाख २५ गते कैलालीको कैलारी गाउँपालिका–७ हौसलपुरमा ठूलो हावाहुरी आयो। हावाहुरीसहित परेको असिनाले त्यहाँ रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्ट तहसनसह पार्यो। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भागदौड मच्चियो। अस्थायी पोष्ट हावाहुरी उडाए पनि धन्न त्यो दिन उनीहरूको ज्यान भने जोगियो।
“वर्षायाम शुरू भइसक्यो। टेन्टकै भरमा कसरी ड्युटी गर्ने”, कैलालीको सीमानाकास्थित् एक अस्थायी पोष्टका जुनियर अधिकृतले भने, “सर्प, लामखुट्टे, चट्याङसहित वर्षातको डर छ। छिटो केही व्यवस्थापन भए सहज हुने थियो।” सरकारले लकडाउन शुरू गरेपछि देशैभर भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीका अस्थायी पोष्ट स्थापना गरेको छ। अहिले पनि निरन्तर रूपमा सशस्त्र प्रहरीले त्यहाँ ड्युटी गरिरहेका छन्।
अस्थायी पोष्टमा रहेका सशस्त्र प्रहरीहरूलाई सर्प, लामखुट्टे, चट्याङ, वर्षातको डर त छँदै छ कहिलेकाहीँ जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको आक्रमणको निशाना पनि बन्नु परेको छ। लकडाउन यता डेढ दर्जनभन्दा बढी पटक भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका छन्।
भारतसँगको सीमामा खटिएका सशस्त्र प्रहरीलाई अहिले सबैभन्दा बढी वर्षा र डुबानले समस्यामा पारेको छ। मनसुन शुरू भएसँगै अस्थायी पोष्टमा बसी सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ। तर, अहिलेसम्म सम्बन्धित निकायले यसलाई गम्भीरताका साथ लिई सुरक्षा योजना बनाएको छैन। जसका कारण नाकामा खटिएका सुरक्षाकर्मीहरूले दैनिक सास्ती खेप्नु परेको छ।
अस्थायी पोष्टमा बसेर सीमानाकाको सुरक्षा गर्न बसेका उनीहरूलाई आफ्नै बासको सुरक्षा गर्न हम्मेहम्मे परिरहेको छ। लकडाउनका बेला खुला सीमाको फाइदा उठाउँदै कोही पनि नेपाल प्रवेश नगरुन् भनेर अस्थायी पोष्ट खडा गरी सशस्त्र प्रहरीलाई खटाइएको थियो।त्यसो त पछिल्ला दिन भारतबाट फर्किनेहरूको संख्यामा कमी आएको छ। नेपाल प्रवेश गर्न निश्चित नाकाहरू तोकिएका छन्। तरपनि लकडाउनका समयमा राखिएका अस्थायी पोष्टको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय भइसकेको छैन।
“प्रतिकूल मौसमलाई ध्यानमा राखेर अस्थायी पोष्टहरूलाई मर्ज गर्ने भन्ने कुरा भइरहेको छ। त्यसको अध्ययन गर्ने काम भइरहेको छ”, सशस्त्र प्रहरी स्रोतले भन्यो, “दुई/तीनवटा पोष्ट मर्ज गरेर वर्षात लगायत अन्य समस्याले असर नपार्ने हिसाबले व्यवस्थापन गर्ने कि भन्ने सोंचमा काम भइरहेको छ।”
हुन त हरेक अस्थायी पोष्टमा मट्टितेल, किटनाशक औषधी छर्कने लगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराइएको छ। तरपनि सीमानाकाको सुरक्षा गर्ने सुरक्षाकर्मीहरू आफैं सुरक्षित हुन सक्ने अवस्था छैन। सरकारले अन्तर्राष्ट्रिय सीमानाका १६ असारसम्म बन्द नै राख्ने निर्र्णय गरिसकेकाले पनि तत्कालै नाकामा खटिएका सुरक्षाकर्मीहरू हट्न सक्ने अवस्था छैन।
गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्र्मा सशस्त्र प्रहरीले नै आवश्यक निर्णय गरेर पठाएपछि त्यसलाई गृृह मन्त्रालयले कार्यान्वयन गर्ने बताउँछन्। सशस्त्र प्रहरीका प्रवक्ता, डीआइजी प्रविणकुमार श्रेष्ठले कामकारवाहीको प्रभावकारितामा कुनै कमी नआउने गरी सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखेर आवश्यक कार्ययोजना बनाइने जनाए।
“हामीले बाहिनी र सशस्त्रका सबै युनिटहरूलाई आउने दिनमा ड्युटी कसरी अगाडि बढाउने भनेर आवश्यक योजना मागिरहेका छौं”, उनले भने, “सबै क्षेत्रबाट योजना आएपछि आवश्यक निर्णय गरिन्छ।” सशस्त्र प्रहरी हेडक्वार्टर यसमा आवश्यक काम भइरहेको जनाउँछ। प्रतिकूल मौसमले पार्ने प्रभाव, सर्पदंश लगायत अन्य रोगको संक्रमणलाई पनि ध्यानमा राखेर सुरक्षाको आवश्यक तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
“प्रतिकूल मौसमलाई ध्यानमा राखेर कसरी ड्युटी गर्ने भन्ने विषयमा हामीहरूले पनि आवश्यक योजना बनाइरहेका छौं”, एक सशस्त्र प्रहरी उपरीक्षकले भने, “हेडक्वार्टरले जस्तो खालको निर्देशन दिन्छ। त्यसै अनुसार अबको दिनमा नाकामा ड्युटी खटिन्छ।” भारतमा बढ्दो संक्रमणलाई प्रमुख ‘थ्रेट’ मानेको सरकारले सीमानाकामा आवागमन हुन नदिन विशेष कडाइ गरेको हो। भारतसँगका सीमानाकामा कडाइ गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ। झण्डै साढे आठ हजार सशस्त्र प्रहरी नेपाल र भारतबीचको सीमामा २४ घण्टा निगरानी गर्नेगरी परिचालन गरिएका छन्।
भारतसँग जोडिएको जम्मा एक हजार ८८० किलोमिटर सीमा क्षेत्र नै सिल छ। सिल गरिएको सम्पूर्ण क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ। सशस्त्र प्रहरीका एक हजार २१३ वटा अस्थायी पोष्ट नाकामा राखिएका छन्।
" /> काठमाडौं। गत वैशाख २५ गते कैलालीको कैलारी गाउँपालिका–७ हौसलपुरमा ठूलो हावाहुरी आयो। हावाहुरीसहित परेको असिनाले त्यहाँ रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्ट तहसनसह पार्यो। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भागदौड मच्चियो। अस्थायी पोष्ट हावाहुरी उडाए पनि धन्न त्यो दिन उनीहरूको ज्यान भने जोगियो।“वर्षायाम शुरू भइसक्यो। टेन्टकै भरमा कसरी ड्युटी गर्ने”, कैलालीको सीमानाकास्थित् एक अस्थायी पोष्टका जुनियर अधिकृतले भने, “सर्प, लामखुट्टे, चट्याङसहित वर्षातको डर छ। छिटो केही व्यवस्थापन भए सहज हुने थियो।” सरकारले लकडाउन शुरू गरेपछि देशैभर भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीका अस्थायी पोष्ट स्थापना गरेको छ। अहिले पनि निरन्तर रूपमा सशस्त्र प्रहरीले त्यहाँ ड्युटी गरिरहेका छन्।

">