कसरी चल्दथ्यो राणाकालको प्रशासन ? काठमाडौं।राणाकालीन प्रशासकीय व्यवस्थामा श्री ३ महाराज सर्वेसर्वा थिए।उनको अन्तर्गतमा मुख्तियार,जंगीलाठ,कमाण्डिङ जनरल,तालुकवाला र हाकिमहरु हुन्थे।प्रशासन जंगी र निजामती गरी दुई भागमा बाँडिएको थियो।राणाजीहरुले खालि जंगीमा मात्र जागीर खाने हुनाले जंगीको स्तर निजामतीको भन्दा धेरै उच्च गनिन्थ्यो।प्रशासनको उपल्लो तहमा खालि राणाजीहरु हुन्थे।प्राय उनान्सय प्रतिशत राणाजीहरुको दरबन्दी पल्टनमा ठेकिएको हुन्थ्यो।उनीहरु जंगी र निजामती दुबैतिरको काम गर्दथे। उमेर पुगेपछि राणाजीहरु स्वतः जर्नेल,कर्णेल,मेजर,कप्तान,लप्टन हुन्थे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्