राणाकालमा नेपाली शुद्ध लेख्न सिकाउने त्यो प्रयास काठमाडौं।१९८६ सालअघि खालि झारा टार्ने खालको नेपाली भाषा दरबार स्कूलमा पढाइन्थ्यो।त्यस बखत लड्काले नेपाली अक्षरको जथाभावी खुट्टा काट्दथे,डिका दिन्थे र खालि बाइमात्रा देख्दथे।नेपाली देख्दा शुद्व लेख्नपर्दछ भन्ने लड्कालाई पत्तै थिएन।नेपालीमा लेखिएको नयाँ पुस्तक देख्नु नै रमाइलो कुरा थियो त्यस बखत।त्यस ताका, प्रगतिशील प्रधानमन्त्रीले दुनियाँको आँखा खोलिदिन्छन् र आफ्नो मुखमा आएको गाँस हरिदिन्छन् भन्ने रोलवाला राणाजीहरको धारणा थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्