काठमाडौँ छिर्नलाई राहदानी ! काठमाडौं। २००७ सालसम्म काठमाडौं उपत्यका जोकोही सजिलै छिर्न पाउँदैनथे। विदेशी मात्रै होइन तराईका स्वदेशीहरुलाई पनि मनलाग्दी प्रवेशमा रोक थियो। त्यस बखत काठमाडौं आउन जान हरेक नेपालीहरुले पनि राहदानी लिनुपर्दथ्यो। आउने जाने हरेक बटुवाको झिटिझाम्टा, सरसमानको दोहोर चेकजाँच हुन्थ्यो। पहिले गढीका र पछि भन्सारका कर्मचारीले चेकजाँच गर्दथे।भन्सारले पास गरेपनि गढीले नजाँचीकन मुसो पनि काठमाडौं छिर्न पाउँदैनथ्यो। क्या थियो त्यसबखतको नेपाल।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्