रामोसको कीर्तिमानी खेलमा स्पेन बराबरीमा रोकियो
काठमाडौं। डिफेण्डर सर्गियो रामोस राष्ट्रको लागि धेरै खेल खेल्ने खेलाडि बन्दा स्पेन नर्वेसँग बराबरीमा रोकिएको छ।

यूरो कप २०२० को छनोट अन्तर्गत समूह एफ को खेलमा स्पेन र नर्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। नर्वे विरुद्धको खेलमा शुरुवात गरेसँगै रामोसले स्पेनको लागि १६८औं क्याप जितेका हुन्। उनले अर्का लेजेण्ड गोलकिपर इकर कासिलासको कीर्तिमान पछि पारेका छन्।

सउल निगेजले दोस्रो हाफमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएपनि अन्त्यतिर जोसुअ किङले नर्वेका लागि बराबरी गोल फर्काएका थिए।

स्पनेको लागि १६८औं खेल खेल्न पाउँदा रामोसले खुशी लागेको बताएका छन्। उनले स्पेनको जर्सी लगाउँदा सधैँ भावानात्मक हुने बताए।

स्पानिस जायन्ट रियल मड्रिडबाट व्यवसायीक फूटबल खेल्ने ३३ वर्षीय रामोसले सन् २००५ मा स्पेनको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

स्पेनको गोल्डेन जेनेरेसन मानिने टिमले विश्वकप र दुई पटक यूरो च्याम्पियनसिप जित्दा रामोस पनि एक सदस्य थिए।

रामोसले धेरै खेल खेल्नेमा कासिलाससँगै लात्भियाका भिटालिज अस्टाजेभ्सलाई पछि पारेका हुन्। रामोस अब युरोपमा देशका लागि सर्वाधिक खेल खेल्नेमा इटलीको जियानलुजी बफोन (१७६) भन्दा ८ खेलले मात्र पछि छन्।

सर्वाधिक खेल खेल्ने कीर्तिमान भने इजिप्टका अहमेद हसनको नाममा छ। उनले सन् १९९५ देखि २०१२ सम्म इजिप्टका लागि १८४ खेल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्