काठमाडौं । माल्दिभ्समा सम्पन्न दक्षिण एसियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा पदक जितेको नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ। च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।
जुनियर ब्याडमिन्टनमा नेपालले जितेको यो अहिले सम्मकै धेरै पदक हो । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पुरुष एकलमा नेपाललाई रजत पदक दिलाएका थिए । यस्तै नेपालका लागि मिक्स डबल्समा प्रिन्स, प्रफुल महर्जन, जेसिका गुरुङ र सीमा राजवंशीको जोडीले कास्य पदक जितेको थियो ।

मिक्स टिम च्याम्पियनसिपमा पनि नेपालले कास्य पदक नै जितेको थियो । पदक विजेता टोलीलाई नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपाली टोलीमा प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी थिए । यस्तै प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह थिए।