काठमाडौं । इटली युरोकप २०२० मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ। छनोट अन्तर्गत गएराति भएको खेलमा ग्रीसलाई २-० गोलअन्तरले पराजित गर्दै इटलीले युरोकपमा स्थान पक्का गरेको हो।
समूह जे मा अपराजित रहँदै सातखेल जितेको इटली तीन खेल बाँकी छँदै छनोट भएको हो। यसअघि नै बेल्जियम छनोट भइसकेको छ। रोमास्थित ओलम्पिक रंगशालामा भएको खेलमा घरेलु टोली इटलीलाई ग्रीसले पहिलो हाफमा गोल गर्न दिएन। तर इटलीले दोस्रो हाफमा दुई गोल गर्यो।
६३औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमार्फत इटलीलाई अग्रता दिलाएका थिए । ग्रिसका आन्द्रेस बोउचाकाकिसले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि इटलीले पेनाल्टीको अवसर पाएको थियो । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेडेरिको बेर्नादेचीले ७८औं मिनेटमा इटलीका लागि दोस्रो गोल गरे। उनले लियोनार्दो बोनुचीको पासमा गोल गरे।
६ टोली समावेश रहेको समूहमा १० खेल खेल्नुपर्छ । जसमा इटलीले ७ खेल जित्दै २१ अंक जोडेको छ। यस समूहमा दोस्रो स्थानको फिनल्यान्डको १२, अर्मेनिया र बोस्नियाको १०-१० अंक छ । एक समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सिधै युरोकपमा छनोट हुनेछ।