काठमाडौं। टुसाल युथ क्लबसँग २–२ को बराबरीमा रोकिएपछि खुमलटार युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभजिन लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
यसअघि लगातार तीन खेलमा विजय हालिस गरेको खुमलटारले अंक बाँडेको यो पहिलो पटक हो। बराबरीसँगै खुमलटार १० अंकका साथ तेस्रो स्थानमा छ।
जुन शीर्ष स्थानको सातदोबाटो युथ क्लबभन्दा दुई अंकले कम हो। दोस्रो स्थानमा रहेको बाँसबारीको पनि १२ अंक छ तर, गत सिजन पुछारमा रहेका कारण बाँसबारीको एक अंक घटाइएको छ। आज खुमलटारले जितेको गोलअन्तरमा शीर्ष स्थानमा हुनेथियो।
कोरोना भाइरस संक्रमणका कारण अखिल नेपाल फुटबल संघले अन्य सम्पूर्ण प्रतियोगिता रद्द गरे पनि ‘बी’ डिभिजन लिगलाई निरन्तरता दिएको छ।
आज सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा टुसालले सातौं मिनेटमा मोहित गुरुङको गोलबाट अग्रता लिएको थियो। १६औं मिनेटमा महेश राईको गोलबाट खुमलटारले बराबरी गर्यो।
३०औं मिनेटमा कप्तान सविन केसीको गोलमा खुमलटार युथले अग्रता लियो। तर, ६२औं मिनेटमा टुसालका सन्तोष दाहालले गोल गरेपछि खुमलटार अंक बाड्न बाध्य भयो।
बराबरी पछि टुसाल सात अंकका साथ चौंथो स्थानमा छ।