रियालले शीर्ष स्थानमा उक्लने मौका गुमायो

काठमाडौं। रियाल बेटिससँग अप्रत्यासित रूपमा स्तब्ध भएपछि रियाल मड्रिडले गएराति स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

उपाधि होडमा रहेको बार्सिलोनाले रियाल सोसिडाडलाई १-० ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको थियो।

जिनेदिन जिदानको रियाललाई पनि शीर्ष स्थानमा उक्लने मौका थियो।

तर, रियाल २-१ ले स्तब्ध बन्यो। यससँगै बासिलोनाले शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता लिएको छ।

लिगमा २७ खेल सकिँदा बार्सिलोनाको ५८ अंक छ भने रियालको ५६ अंक छ।

बराबरीसँग रियाल बेटिस भने दुई स्थान माथि उक्लिएको छ रियाल बेटिस ३३ अंकका साथ १२ स्थानमा छ।

जुन रेलिगेशन क्षेत्रभन्दा आठ अंकले माथि हो।

मार्क बार्टाले ३०औं मिनेटमा ६ यार्ड बक्सभित्रबाट गरेको हेड आकाशिएको थियो।

नाबिल फेकिरको सशक्त प्रहार रियालका गोलकिपर थिवाउट कोर्तुवाले रोकिदिएका थिए।

४०औं मिनेटमा फेकिरकै पासमा सिडनेइ गोल गर्दै घरेलु टीमलाई अग्रता दिएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा बरबरी गोल फर्काए।

तर, खेल सकिन आठ मिनेट बाँकी छँदा क्रिष्टियन टेलोले आन्द्रेस गुएर्डाडोको पासमा गोल गरेपछि रियाल स्तब्ध बनेको थियो।

प्रतिक्रिया दिनुहोस्