सान्चोको कीर्तिमानमा डर्टमण्डको जित
काठमाडौं। इङ्ल्यान्डका विंगर जाडोन सान्चोले क्लबको कीर्तिमानीसँग बराबरी गरेको दिन बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाचलाई २-१ ले पराजित गरेको छ।

१९ वर्षे सान्चोले १५ गोलमा अवसर सिर्जना गरेर क्लबको कीर्तिमानी बराबरी गरेका हुन्।

सान्चोले दिएको पासमा आच्रफ हाकिमीले ७१औं मिनेटमा गरेको गोल डर्टमण्डको जितमा निर्णायक बनेको थियो।

यससँगै सान्चोले एकै सिजन १५ गोलमा अवसर सिर्जना गरिदिने हेनरिक मिखितारियनको कीर्तिमानसँग बराबरी गरेका छन्।

अर्मानियाका मिखितारियनले २०१५/१६ को सिजन उक्त कीर्तिमान बनाएका थिए।

डर्टमण्डले थोर्गान हाजार्डको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो।

हाजार्डले अर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेका हुन्। मोन्चेनग्लाडवाचका लर्स स्टिनडलले ५०औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

जितसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा उक्लिएको छ। डर्टमण्डको ५१ अंक छ।

जुन एक खेल कम खेलेको बायर्न म्युनिखको भन्दा एक अंकले मात्र कम हो भने तेस्रो स्थानमा रहेको आरबी लिपजिगको भन्दा एक अंकले बढी हो।

बायर्नले आज औसबर्गसँग प्रतिस्पर्धा गर्नेछ।

लिपलिगले उल्फसबर्गसँग गोलरहित बराबरी खेलेको थियो।

अन्य खेलमा साल्के र होफिनहेमले १-१ को बराबरी खेल्दा हेर्था बर्लिन र वेर्डर ब्रेमेनले २-२ को बराबरी खेले।

बायर लेभरकुसेनले फ्रांकफर्टमाथि ४-० को नतिजा निकाल्यो। फ्रेइबर्गले युनियन बर्लिनलाई ३-१ ले हरायो।

प्रतिक्रिया दिनुहोस्