युनाइटेडको जितमा इगालोको दुई गोल, एफए कपको क्वार्टरफाइनलमा
काठमाडौं। ओडियन इगालोको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति डर्बी काउन्टीलाई ३-० ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

३० वर्षे इगालो यही जनवरी ट्रान्सफर विन्डोमा युनाइटेडसँग अनुबन्ध भएका हुन्।

उनको अनुबन्धलाई लिएर क्लबको आलोचना भएको थियो। तर, उनले पहिलो रोजाईमा परेको दुई खेलमा तीन गोल गरिसकेका छन्।

‘‘अन्तत: मेरा सहयात्रीहरूले ममाथि विश्वास गरेका छन्। प्रशिक्षक र समर्थकले पनि विश्वास गरेका छन्। यसलाई निरन्तरता दिन चाहन्छु,’’ दुई गोल गरेपछि इगालोले भने, ‘‘कसले के भन्छ मलाई मतलव छैन। हामी यो लयलाई निरन्तरता दिन चाहन्छौं र यो सिजनलाई सक्दो राम्रो बनाउन चाहन्छौं।’’

विपक्षी टीम युनाइटेडका हजारौं समर्थकले वायन रूनी नाममा रंगलशाला गुञ्जयमान बनाएका थिए। युनाइटेडका पुर्व स्ट्राइकर रूनी दुई  फ्रीकीकमा गोल नजिक पुगेका थिए।

प्रिमियर लिगको क्लब युनाइटेडले लुक शाको गोलबाट ३३औं मिनेटमा अग्रता लियो।

४१औं मिनेटमा इगालोले अग्रता दोब्बर बनाए। ७०औं मिनेटमा इगालो अर्को गोल थपेपछि युनाइटेडले क्वार्टरफाइनल पक्का गरेको थियो।

युनाइटेडले १२ पटक एफए कपको उपाधि जितिसकेको छ। जुन कीर्तिमानी विजेता आर्सनलको भन्दा एक उपाधिले कम हो।

डर्बी काउन्टीले १९९९ पछि एफए कपको पाँचौं चरण खेलेको यो छैटौं पटक हो।

तर, कुनै सिजन डर्बी काउन्टी क्वार्टरफाइनलमा स्थान बनाउन असफल रह्यो।

२०१७ मा युनाइटेड छाड्नुअघि रूनीले २५३ गोल गरेका थिए। ३४ वर्षे रूनीको प्रभाव पनि उस्तै छ। तथापी गएराति दुई फ्रीकीकमा गोल नजिक पुगे पनि रूनीले गोल गर्न सकेनन्।

‘‘रूनीलाई सबैले माया गर्छन्। उनको योगदानलाई युनाइटेडका प्रत्येक समर्थकले सम्मान गर्छन,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सारले भने, ‘‘उनले आज पनि राम्रो खेले। उनले आफ्नो प्रतिभा देखाए।’’

पछिल्लो नौ खेलमा अपराजित रहेको युनाइटेडले अब सेमिफाइनल प्रवेशका लागि नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

नर्विच सिटी प्रिमियर लिगको पुछारमा छ भने युनाइटेड पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्