लिभरपुलको अपराजित यात्रामा पूर्णविराम
काठमाडौं। प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलको लिगमा ४४ खेलसम्मको अपराजित यात्रामा गएराति वाटफोर्डले पूर्णविराम लगाइदिएको छ।
भिकारेज रोडमा वाटफोर्डले लिभरपुललाई ३-० ले पराजित गरेको हो।
दोस्रो हाफमा इस्माइला सारले दुई गोल गरे भने कप्तान ट्रोए डीनेले अर्को गोल थपेपछि लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको हो।
लिभरपुलले प्रिमियर लिगमा लगातार पछिल्लो १८ खेल जितेको थियो।
गएराति पनि विजयी नतिजा निकालेको भए लगातार सबभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाउँथ्यो।
तर, लिभरपुलको यात्रामा वाटफोर्ड लगारो बन्यो।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको वाटफोर्डले अरू पनि थुप्रै गोलको राम्रो मौका पाएका थियो। त्यसलाई लिभरपुलका गोलकिपर एलिसानले बचाइदिए।
गत साता वेष्ट ह्यामविरुद्ध लिभरपुलले दुई शुन्यले पछि परेको स्थिति उल्टाउँदै ३-२ को नतिजा निकालेको थियो।
वाटफोर्डमा लिभरपुलले भने त्यही नतिजा हात पार्न सकेन। लिभरपुलले वेष्ट ह्यामसँग खेल्नु अघि च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो।
लिभरपुल यसअघि २०१९ जनवरीमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। त्यसपछि सिटी ४४ खेलमा अपराजित थियो।
अप्रत्यासित जितसँगै वार्टफोर्ड रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ। वाटफोर्डको २७ अंक छ।
रेलिगेशन क्षेत्रमा रहेको बर्नमाउथसँग समान २७ अंक भए पनि गोलअन्तरमा वाटफोर्डमाथि रहेको हो।
लिभरपुलले अझै शीर्ष स्थानमा २२ अंकको अग्रता कायमै राखेको छ।
न्युक्यासल घरेलु मैदानमा बर्नलीसँग गोलरहित बराबरी खेल्दा चौथो स्थानको चेल्सी पनि रेलिगेशन क्षेत्रको बर्नमाउथसँग २-२ को बराबरीमा रोकियो।
तेस्रो स्थानको लेस्टर सिटी पुछारको क्लब नर्विच सिटीसँग १-० ले पराजित भयो।
प्रतिक्रिया दिनुहोस्