युनाइटेडको फराकिलो जित, युरोपा लिगको अन्तिम १६ मा
काठमाडौं। ओडियन इगालोले म्यानचेष्टर युनाइटेडका लागि पहिलो गोल गरेको दिन इङ्लिस क्लबले गएराति युरोपा लिगको अन्तिम ३२ मा क्लब ब्रुगमाथि ५-० को सहज नतिजा निकालेको छ।
यस साता ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि पेनाल्टीमा दुई गोल गरे।
२३औं मिनेटमा युनाइटेडका ड्यानियल जेम्सले हानेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सिमोन डेलीले हातले रोकेपछि रातो कार्डको सामना गरे।
त्यसमा पाएको पेनाल्टी अवसरलाई युनाइटेडका मिडफिल्डर फर्नान्डेजले गोलमा परिणत गरेका थिए।
पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिएका फर्नान्डेज दोस्रो गोलमा पनि संलग्न रहे। उनले हुँवा माटालाई लिफ्टेड पास दिएका थिए।
त्यही बललाई माटाले हेडमार्फत इगालोलाई पास दिए। ६ यार्ड बक्सभित्र रहेको इगालोले कुनै गल्ति नगरी गोलमा परिणत गरे।
चोटमुक्त भएर फर्किएपछि पहिलो पटक शुरूआती ११ मा परेका स्कट म्याकटोमिनीले ४१औं मिनेटमा तेस्रो गोल थपे।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा फ्रेडले अन्तिम दश मिनेटमा दुई गोल थपेपछि युनाइटेडले ५-० को फराकिलो जित निकाल्यो।
जिसे लिङगार्डको पासमा फ्रेडले ८२औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे। त्यसको आठ मिनेट वित्न नपाउँदै उनले अर्को गोल थपे।
पहिलो लेगमा युनाइटेडले १-१ को बराबरी खेलेको थियो।
घरेलु मैदानमा हासिल गरेको फराकिलो जितसँगै युनाइटेडले समग्रमा ६-१ को नतिजा निकाल्दै युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ।
युनाइटेड युरोपा लिगको घरेलु मैदानमा १३ खेलसम्म अपराजित छ।
युनाइटेड पछिल्लो पटक २०१२ मार्चमा एथलेटिक बिल्बाओसँग पराजित भएको थियो।
क्लब ब्रुगले भने इङ्ल्यान्डमा भएको अवे खेलमा अहिलेसम्म विजय हासिल गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्