बि डिभिजन लिग: सातदोबाटो युथ र श्री भगवती विजयी
काठमाडौं। रमेशकुमार राजवंशीको गोलमा सातदोबाटो युथले टुसाल युथ क्लबलाई १–० ले हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
‘बी’ डिभिजन लिगमा सातदोबाटो युथको यो लगातार दोस्रो जित हो। आजको जितसँगै सातदोबाटो युथको ६ अंक भएको छ। बाँसबारी क्लबको पनि समान ६ अंक छ। तर गोलअन्तरमा सातदोबाटो युथ शीर्ष स्थानमा रहेको हो।
रमेशकुमारले ३८औं मिनेटमा गरेको गोल सातदोबाटो युथको जितमा निर्णायक बनेको हो। रमेशकुमारले उज्वल शाहीको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
सातदोबाटो युथले पहिलो खेलमा नयाँ वस्ती युवा क्लबलाई २–० ले हराएको थियो। टुसालले भने पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्लबलाई २–० ले हराएको थियो।
प्रज्वलले फ्रीकिकमा गरेको गोलबाट श्री भगवतीले ४४औं मिनेटमा अग्रता लिएको थियो। मध्यपुरका विवेक पण्डितले साजन डंगोललाई फाउल गरेपछि श्री भगवतीले फ्रीकिकको अवसर पाएको हो।
वैकल्पिक खेलाडी युवराज ढकालले ७२औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाए। मध्यपुरका गोलकिपर आकाश रानाभाटले राम्रो नियन्त्रणमा लिन नसकेको बललाई युवराजले पोष्टको दिशा दिएका हुन्।
मध्यपुरको यो लगातार दोस्रो हार हो। मध्यपुर यसअघि खुमलटार युथ क्लबसँग १–० ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्