एपीएफ क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली। विभागीय टीम एपीएफ क्लब धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

कैलालीको धनगढी रंगशालामा आज भएको क्वाटरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा एपीएफका सुदीप शिखाकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे।

पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे।

प्रतिक्रिया दिनुहोस्