काठमाडौं। राष्ट्रिय महिला भलिबल टीमकी पूर्व कप्तान बिनिता बुढाथोकी र भलिबल प्रशिक्षक चन्द्रबहादुर कुँवरलाई सञ्जय स्मृति प्रतिष्ठानले ३० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले भलिबल खेलको माध्यबाट देशको गरिमा बढाएको भन्दै उनीहरूलाई नगदसहित सम्मान गरेको हो।
बिनिता अहिले राष्ट्रिय टीममा छैनन्। उनी सशत्र प्रहरी बलको एपीएफ क्लबकी कप्तान हुन्। चन्द्रबहादुर अहिले प्रशिक्षकको भूमिकामा छन्।
बिनिताले खेलाडीलाई गरिने यस्तो सम्मानले नयाँ पुस्तालाई प्रेरित गर्ने बताइन्। उनले भनिन्, ‘‘खेल जिवनको लामो समयमा पहिलो पटक सम्मानित भएको छु। खेलाडीलाई गरिने यस्तो सम्मानले नयाँ पुस्तालाई प्रेरित गर्छ।’’
चन्द्रबहादुरले सम्मानले भलिबल खेलमा लाग्न थप हौसला मिलेको बताए। उनले थपे, ‘‘हामीलाई भलिबल विकासमा लाग्न थप प्रेरणा मिलेको छ।’’प्रतिष्ठानले हरेक वर्ष दुई भलिबल खेलाडीलाई सम्मान गर्दै आईरहेको छ। गतवर्ष प्रतिस्ठानले राष्ट्रिय टीमकी पुर्व उपकप्तान मन्जु गुरुङ र सञ्जय अर्याललाई सम्मान गरेको थियो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भलिबलका लागि १० करोड बजेट विनियोजन गरेको बताए। ‘‘मैले यसबीचमा देशभरिका विभिन्न भलिबल प्रतियोगिता प्रत्यक्ष हेरेको छु’’, सदस्यसचिव सिलवालले भने, ‘‘अब भलिबलमा लगानी गर्ने समय आएको छ। मैले १० करोड बजेट विनियोजन गरेको छु। यसलाई बढाएर २५ करोडसम्म पुर्याउने योजना छ।’’
इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसन (एआइपीएस)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड–२०१९ को ‘राइटिङ बेष्ट कोलम’ विधाको अवार्ड जितेका खेल पत्रकार प्रज्वल ओलीलाई समेत प्रतिष्ठानले सम्मान गरेको थियो।