"> इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा पोखरा र ललितपुर भिड्ने: Dekhapadhi
इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा पोखरा र ललितपुर भिड्ने
काठमाडौं। एभरेष्ट प्रिमियर लिगले एभरेष्ट प्रिमियर लिग ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

तालिकाअनुसार प्रतियोगिताको पहिलो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो दिन एक खेलमात्र हुनेछ। पोखराले विश्व क्रिकेटका महान हस्ती क्रिस गेललाई अनुबन्ध गरेको छ।

त्यस्तै ललितपुरले श्रीलंकाका पूर्वकप्तान उपुल थरंगासहित तीन पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको छ।

प्रतियोगिता १ चैतबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। १५ चैतमा फाइनल हुनेछ। प्रतियोगिता सात फ्रेन्चाइज टीमले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगताको लिग चरणमा सबै टीमले एकआपसमा एक पटक खेल्नेछन्।

लिगको शीर्ष दुई टीमले पहिलो क्वालिफायर खेल्नेछ। तेस्रो र चौथो स्थानको टीमले इलिमिनेटर खेल्नेछ।

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थानमा बनाउनेछ।

पहिलो क्वालिफायरमा पराजित हुनेले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। विजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागी एउटा टीमले कम्तीमा तीन विदेशी खेलाडी अनुबन्ध गर्नु पर्ने प्रावधान छ।

ललितपुरले चार खेलाडी अनुबन्ध गरिसकेको छ भने पोखराले दुई खेलाडी अनुबन्ध गरेको छ। पोखराले क्रिस गेल र वेष्ट इन्डिजकै केस्रिक लियम्सलाई अनुबन्ध गरेको छ।

काठमाडौं किंग्स-११ ले आयरल्यान्डका केभिन ओ'ब्रायनलाई निरन्तरता दिएको छ।

अफगानिस्तानका ओपनर मोहम्मद शाहजादलाई अनुबन्ध गरेको चितवनले आयरल्यान्डका पाउल स्टर्लिङलाई निरन्तरता दिएको छ।

नेपाली राष्ट्रिय टीमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षकका रूपमा अनुबन्ध गरेको भैरहवा ग्लाडियटर्सले ड्वानी स्मिथलाई अनुबन्ध गरेको छ।

नेपालमा विदेशी खेलाडी वा जोकोही पनि काम गर्न आउनेले श्रम इजाजत पत्र लिनुपर्ने प्रावधान छ।

एभरेष्ट प्रिमियर लिगका प्रमुख आमिर अख्तरले खेलाडीको श्रम इजाजत पत्रका लागि प्रकृया अघि बढाइसकेको बताए पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले क्रिकेट खेलाडीको श्रम स्विकृतीका लागि कुनै निवेदन नपरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्