उनले चोटपछि शरीर शिथिल हुदै गएको बताएकी छिन्।
रसियन सुन्दरी सारापोभाले २००४ मा पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी थिइन्।
त्यतिबेला उनी १७ वर्षकी थिइन्। सारापोभाले पछिल्लो ग्राण्डस्लाम २०१२ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्।
२०१६ मा डोपिङ परिक्षणमा मेल्डोनियम सकरात्मक देखिएपछि उनी १५ महीना प्रतिबन्धमा परेकी थिइन्।
२०१७ मा प्रतिबन्धबाट फर्किएपछि सारापोभाल पुरानो लय भेट्टाउन संघर्ष गरिरहेकी थिइन्। त्यसयता उनी पटक-पटक चोटबाट पनि गुज्रिइन्।
उनी विश्व वरियाताको ३७३ औं स्थानमा खस्किएकी छिन्। जुन २००२ पछि सबभन्दा तल्लो वरियाता हो। पछिल्ला तीन ग्राण्डस्लाम प्रतियोगितामा उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्।
सन्यास घोषणा गर्दै उनले भनेकी छिन्, ‘मलाई माफ गर्नुहोला। टेनिस- म गुडबाई भन्दैछु। फर्केर हेर्दा लाग्छ, मैले ठूलो पहाड चढें। त्यो यात्रामा धेरै उतार-चढाव भोगें। तर, त्यो उचाईबाट हेर्दा अद्भूत लाग्ने रहेछ।’
सारापोभाले थपेकी छिन्, ‘२८ वर्षको उमेरमा पाँच ग्राण्डस्लाम उपाधि जिते। म अब अर्को पहाड चढ्न तयार छु। नितान्त फरक यात्रा।
अगाडि कस्ता चुनौती आउँछन् त्यसको कुनै परवाह छैन। म उस्तै लगाव र मिहिनेत गर्नेछु। अहिलेसम्म हासिल गरेको अनुभव र सिकेका कुरालाई त्यहाँ लगाउनेछु।’
गत वर्ष युएस ओपनको पहिलो चरणमा सेरेना विलियम्ससँग ६-१, ६-१ ले पराजित भएको खेल अन्तिम संकेत पाएको सारापोभाले बताएकी छिन्।
‘कोर्टमा जानुभन्दा ३० मिनेटअघि पाखुराले मलाई छुट्टै संकेत दिएको थियो,’ सारापोभाले भनिन्, ‘पाखुराको चोट मेरो लागि नौलो होइन। तर, २००८ मा पहिलो पटक शल्यक्रिया गरेकी मैले थुप्रै पटक शल्यक्रिया गरेको छु। लामो समय थोरापी गरेको छु। त्यो दिन कोर्टमा छिर्दा अन्तिम जित हासिल गर्छु भन्ने लागेको थियो। तथापी त्यो जितका लागि पहिलो पाइलामात्र थियो।’
त्यो हारपछि सारापोभाले २०१९ मा टेनिस खेलिनन्। २०२० मा पनि दुई पटक मात्र खेलेकी थिइन्।
अस्ट्रेलियन ओपनको पहिलो चरणमा क्रोएट डोना भेकिकसँग सिधा सेटमा हारेको खेल सारापोभाको लागि अन्तिम बन्यो।
१७ वर्षको उमेरमा सारापोभाले २००४ मा सेरेना विलियम्सलाई हराउँदै विम्बल्डनको उपाधि जितेपछि एकाएक स्टार बनेकी थिइन्।

त्यतिबेला कम उमेरमा विम्बलडन जित्ने उनी तेस्रो खेलाडी थिइन्। त्यसपछि उनले ३६ उपाधि जितिन् भने २ करोड ९० पाउण्ड पुरस्कार जितिन्।
२००५ मा विश्व वरियाताको शीर्ष स्थानमा पुग्ने उनी पहिलो रसियन खेलाडी बनिन्।
लगत्तै उनले अर्को वर्ष युएस ओपनको उपाधि जितिन्। २००७ मा उनी पहिलो पटक चोटबाट गुज्रिइन्। पाखुराको चोटका कारण उनले थुप्रै प्रतियोगिता गुमाइन्।
२००८ मा अष्ट्रेलियन ओपनको उपाधि जित्दै उत्कृष्ट पुनरागमन गरेकी सारापोभा पुनः चोटले थलिइन्।
त्यसपछि उनले त्यो सिजनमा युएस ओपन र बेइजिङ ओलम्पिकमा सहभागिता जनाउन पाइनन्।
२०१२ मा सारापोभाले फ्रेन्च ओपनको उपाधि उचालिन्। यससँगै चारै ग्राण्ड स्लामको उपाधि जित्ने उनी दशौं महिला खेलाडी बनिन्। लन्डन ओलम्पिकमा उनले काश्य पदक जितिन्।
फेरि चोट लागेपछि उनले २०१३ को आधा सिजन खेल्न पाइनन्।
तर, २०१४ मा उनले पुन फ्रेन्च ओपनको उपाधि उचालिन्। त्यसपछि उनको ग्राण्डस्लाम उपाधि यात्रामा पूर्णविराम लाग्यो
२०१६ को अष्ट्रेलियन ओपन दौरान सारापोभामा मेल्डोनियम सकारात्मक देखियो।
मुटु रोगीले खाने औषधी माल्डोनियम २०१६ जनवरी १ देखी खेलकुदमा प्रतिबन्ध छ।
सारापोभाले उक्त औषधी २००६ मा स्वास्थ्यमा समास्या आएका कारण प्रयोग गरेको र त्यो प्रतिबन्धित औषधीको सुचीमा थियो भन्ने आफुलाई हेक्का नभएको बताएकी थिइन्।
उनले उक्त औषधी प्रदर्शन राम्रो गर्नका लागि प्रयोग नगरेको बताएकी थिइन्।
तर, उनी दुई वर्षका लागि प्रतिबन्धमा परिन्। कासमा अपिल गरेपछि उनको प्रतिबन्ध १५ महिनामा झारिएको थियो।
त्यसपछि उनी २०१७ अप्रिलमा पुन टेनिसमा फर्किन्। उनले गत अक्टोबरमा तियानजिन ओपनको उपाधि जितन्।
२०१८ को फ्रेन्च ओपनमा सारापोभा क्वार्टरफाइनलसम्म पुगेकी थिइन्। २०१९ को अस्ट्रेलियन ओपनमा पनि सारापोभा अन्तिम १६ सम्म पुगेकी थिइन्।
तर, पुुनः अस्ट्रेलियन ओपनमा फर्किदा चोटका कारण सारापोभाको लय धेरै खस्किसकेको थियो।