युभेन्टस लियोनसँग पराजित, रोनाल्डो फ्लप

काठमाडौं। क्रिष्टियानो रोनाल्डो १० फागुनमा स्पालविरुद्ध गोल गर्दै इटालियन सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका थिए।

तर, गएराति च्याम्पियन्स लिगमा भने उनी सफल हुन सकेनन्।

युभेन्टस च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा तुलनात्मक रूपमा कमजोर मानिएको लियोनसँग १-० ले पराजित भयो।

रोनाल्डोको आगमनपछि युभेन्टसले २४ वर्षसम्मको च्याम्पियन्स लिग उपाधिको खडेरी तोड्ने विश्वास लिएको थियो।

तर, गएराति युभेन्टसको योजना सोचेजस्तो भएन। लुकास टोउसर्टले ३१औं मिनेटमा गरेको गोल लियोनलाई जिताउन पर्याप्त बन्यो। उनले होउसेम ओउअरको क्रसमा गोल गरेका थिए।

युभेन्टसले खेलभर बल पोसेसन राम्रो राखे पनि घरेलु टीमको पोष्टमा गतिलोसँग धावा बोल्न सकेन। पाउलो डिबालाले अन्तिम मिनेटमा गरेको अफसाइड भएको थियो।

"पहिलो हाफमा खेल निकै सुस्त भएको थियो। दोस्रो हाफमा धेरै राम्रो भएको थियो तर च्याम्पियन्स लिगमा एक हाफ मात्र राम्रो खेलेर पुग्दैन," युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भने, "मलाई थाहा छैन किन मैले मेरो खेलाडीलाई राम्रोसँग व्यवस्थापन गर्न सकिँन।"

च्याम्पियन्स लिगमा लियोनले युभेन्टसलाई पराजित गरेको यो पहिलो हो।

यसअघि चार खेलमा लियोन पराजित भएको थियो।

लियोनले २०१२ फेब्रुअरीपछि च्याम्पियन्स लिगको नकआउटमा विजयी नतिजा निकालेको पनि यो पहिलो हो।

लियोन घरेलु लिगमा पछिल्लो नौ खेलमा अपराजित छ।

युभेन्टसले अब दोस्रो लेग घरेलु मैदानमा मार्च १८ मा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्