जिससको गोलमा सिटीको जित

काठमाडौं। गाब्रियल जिससले खेल सकिन दश मिनेट बाँकी छँदा गरेको गोलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटी भ्रमणमा १-० को नतिजा निकालेको छ।

६२औं मिनेटमा सर्जियो अग्विरोले पेनाल्टीमा गोल गर्न चुक्दा सिटीले अग्रता लिने राम्रो मौका गुमाएको थियो।

तर, बैकल्पिक खेलाडी जिससले ८०औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

जिसस ७७औं मिनेटमा अग्विरोको स्थानमा मैदान छिरेका थिए। मैदान छिरेको तीन मिनेटपछि उनले रियाद महारेजको पासमा गोल गरेका हुन्।

युइएफएले युरोपियन फुटबलमा दुई वर्षका लागि प्रतिबन्ध लगाएपछि सिटीको यो लगातार दोस्रो जित हो।

सिटीको २७ खेलबाट ५७ अंक छ भने लेस्टरको ५० अंक छ।

त्यसअघि साउथह्याम्पटनले एस्टन भिल्लालाई २-० ले हरायो भने छैटौं स्थानको सेफिल्ड युनाइेड ब्राइटनसँग १-१ को बराबरीमा रोकियो।

न्युक्यासल क्रिष्टल प्यालेससँग १-० ले पराजित भयो। बर्नलीले बर्नमाउथलाई ३-० ले हरायो।

प्रतिक्रिया दिनुहोस्