रियालको अप्रत्यासित हार, मेसीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

काठमाडौं। स्पेनिस महारथी रियाल मड्रिड गएराति स्पेनिस ला लिगमा लेभान्टेसँग १-० ले पराजित भएको छ।

गत अक्टोबरपछि पहिलो हार बेहोरेको रियाल दोस्रो स्थानमा झरेको छ।

अर्को आइतबार रियाल भ्रमणमा निस्कने बार्सिलोनाले चाडो गरी भएको खेलमा इबरमाथि ५-० को नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो।

७ फागुनमा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध खेल्ने रियालले लेभान्टे भ्रमणमा ७९औं मिनेटमा गोल खाएको थियो।

जोजे लुइस मोरालेसले गरेको गोल रियाललाई पराजित गर्न पर्याप्त भयो।

रियालको २५ खेलबाट ५३ अंक छ। बार्सिलोनाको भने ५५ अंक छ।

बार्सिलोनाको जितमा लियोनल मेसीले चार गोल गरेका थिए। मेसीले १४औं मिनेटमा घरेलु टीमलाई अग्रता दिएका थिए।

३७औं मिनेटमा दोस्रो गोल गरेका मेसीले ४०औं मिनेटमा ह्याट्रिक गरे। खेल सकिन तीन मिनेट बाँकी छँदा मेसीले चौथो गोल थपे।

८९औं मिनेटमा आर्थरले अर्को गोल थपे।

मार्टिन ब्रेथह्वाइटले बार्सिलोनाबाट डेब्यू गरे। इङ्लिस क्लबका मिडल्ब्रोका पूर्व फरवार्ड ब्रेथह्वाइटलाई बार्सिलोनाले जनवरी विन्डोमा अनुबन्ध गरेको थियो।

रियाल सोसिडाडले भ्यालेन्सियालाई ३-० ले हराउँदै चौथो स्थानमा उक्लिएको छ।

सेल्टाभिगोले लेगानेसलाई १-० ले हराउँदा रियाल बेटिस र मालोर्काले ३-३ को बराबरी खेल्यो।

प्रतिक्रिया दिनुहोस्