अगरको ह्याट्रिकमा अस्ट्रेलियाको सहज जित
काठमाडौं। वायाँ हाते स्पिनर एस्टन अगरको ह्याट्रिक प्रेरित अस्ट्रेलियाले गएराति सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०७ रनको विजय हासिल गरेको छ।

अगरले ह्याट्रिकसहित पाँच विकेट लिएपछि १९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४.३ ओभरमा ८९ रन जोड्दा सबै विकेट गुमायो। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको यो सबभन्दा सानो योगफल हो। जोहानेसबर्गमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो।

अगरले पहिलो विकेट लिने क्रममा आठौं ओभरको चौथो बलमा फाफ डु प्लेसीसलाई केन रिचर्डसनमार्फत क्याच गराए। लगत्तै अर्को बलमा एन्डिल फेलुकवायोलाई एलबिडब्लू आउट गरे। आठौं ओभरका अन्तिम बलमा अगरले डेल स्टेनलाई एरोन फिन्चमार्फत क्याच गराए।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो १३औं ह्याट्रिक हो। अस्ट्रेलियन बलरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गरेको यो दोस्रो पटक हो। यसअघि ब्रेट लीले बंगलादेशविरुद्ध २००७ मा ह्याट्रिक गरेका थिए।

अगरको करियरमै यो उत्कृष्ट प्रदर्शन हो। उनले चार ओभरमा २४ रन दिएर पाँच विकेट लिए। उनलाई एडम जम्पा र पेट कुमिन्सले समान दुई तथा मिचेल स्टार्कले एक विकेट लिएर साथ दिएका थिए। दक्षिण अफ्रिकाका डु प्लेसिसले २४, कागिसो राबडाले २२ तथा पिट भान विलजोनले १६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि अस्ट्रेलियाका कप्तान फिन्चले ४२, स्टिभ स्मिथले ४५, एलेक्स क्यारीले २७, मिचेल मार्सले १९ तथा म्याथ्यु वेडले १८ रन बनाएका थिए। अगर २० रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका स्टेन र तब्राइज शाम्सील समान दुई विकेट लिदाँ फेलुकवायो र लुङगी एनगिडीले एक एक विकेट लिए।

जितसँगै तीन खेलका ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ। दोस्रो खेल आइतबार पोर्ट एलिजावेथमा हुनेछ। दक्षिण अफ्रिका भ्रमणमा अस्ट्रेलियाले तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्