काठमाडौं। एन्थोनी मार्सियालको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति युरोपा लिगको अन्तिम ३२ मा बराबरी खेल्दा इङ्लिस क्लब आर्सनल र उल्भरह्याम्पटन भने विजयी भएका छन्।
क्लब ब्रुगमा युनाइटेडले १५औं मिनटमा गोल खाएको थियो। घरेलु टोलीका इमानुयल डेनिसले गोलकिपर साइमन मिङनोलेटले दिएको लामो पास नियन्त्रणमा लिदैं गोल गरेका थिए।
युनाइटेडका मार्सियालले ३६औं मिनेटमा बराबरी गोल फर्काए। मार्सियालले विपक्षी रक्षक ब्रान्डन मेचेलेले गरेको गल्तिको फाइदा लिएका थिए। ‘‘यो उत्कृष्ट खेलमध्ये एक थियो भन्ने मलाई लाग्दैन’’, युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सारले भने, ‘‘कठिन समयमा संगठित टीमविरुद्धको कठिन खेल थियो। हामीले अवे गोल गरेका छौं र बराबरी खेलेका छौं। अर्को साता घरमा हुने खेलमा हामी आफ्नो काम फत्ते गर्नेछौं।’’
खेल दौरान भारी वर्षा र हावा चलेको थियो। सोल्सारले युरोपा लिगमा प्रयोग भएको बल खेलको स्तर बढाउन सहयोगी नभएको बताए। ‘‘खेलाडीलाई सोध्दा पनि हुन्छ। यो बलले फुटबल खेल्न सहज छैन’’, सोल्सारले थपे, ‘‘यो बल फरक छ र खेल्न गाह्रो छ। तपाईं पनि अनुभव गर्न सक्नुहुन्छ। तर यो दुबै टीमका लागि समान हो। तर आजको हावा र वर्षाका कारण आजको अवस्था राम्रो थिएन।’’
दुई टीमले अब फेब्रुअरी २७ मा ओल्ड ट्राफेर्डमा प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि दुबै टीमले घरेलु लिगमा एक एक खेल खेल्नेछन्।
एलेक्जान्द्रे लाकाजेटको गोलमा आर्सनलले ओलम्पिकोसमाथि १–० को विजय हासिल गर्यो। ग्रिस भ्रमणमा निस्केको आर्सनललाई जिताउन लाकाजेटले ८१औं मिनेटमा गरेको गोल पर्याप्त बन्यो।
लाकाजेटले अघिल्लोपटक न्युक्यासलविरुद्ध गोल गर्नुअघिका नौ खेलमा गोल गर्न सकेका थिएनन्।
‘‘टीमका साथीहरू र मेरो साथले उनको मनोबल बढेको छ’’, आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘‘त्यसकारण गोल गरेपछि उनीहरूले त्यस्तो प्रतिकृया देखाएका हुन्।’’
रक्षात्मक खेलेकोमा प्रशिक्षक आर्टेटाको आलोचना भएको थियो। त्यसबारे उनले थपे, ‘‘पहिलो हाफमा हामीले अझ राम्रो सुरूआत गर्न सक्थ्यौं। रक्षात्मक हुँदा हामीले एक दुई गल्ति गर्यौं। जुन कठिन परिस्थितीमा हामीलाई महंगो पर्न सक्थ्यो।’’ आर्सनलले पनि दोस्रो लेग इमिरेट्स रंगशालामा फेब्रुअरी २७ मै खेल्नेछ।
डिएगो जोटाको ह्याट्रिकप्रेरित उल्भरह्याम्पटनले स्पेनिस क्लब स्पानियोलमाथि ४–० को सहज जित निकालेको छ। यससँगै उल्भरह्याम्पटनले अन्तिम १६ को सम्भावना बलियो बनाएको छ। घरेलु मैदानमा जोटाले १५औं मिनेटमा अग्रता दिएका थिए। उनले राउल जिमेनेजको पासमा गोल गरेका थिए। ५२औं मिनेटमा रुबेल नाभासले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका जोटाले ८१औं मिनेटमा ह्याट्रिक गरेका थिए।
‘‘खेल अझै सकिएको छैन’’, उल्भरह्याम्पटनका प्रशिक्षक एस्पिरिटो भने, ‘‘फुटबल कहिल्यौं सकिदैन। हामीले राम्रो प्रदर्शन गर्यो। त्यसकारण नतिजा पनि निस्कियो। अर्को क्लिनसिट भएको छ। पक्कै पनि हामीले सबै पक्षमा राम्रो गर्यौं।’’
युरोपा लिगमा उल्भरह्याम्पटनको यो आठौं उपस्थिति हो। तर १९८०-८१ को सिजनपछि भने यो उल्भरह्याम्पटनले पहिलो पटक खेलेको हो।
क्रिष्टियन इरिक्सनले इन्टर मिलानका लागि पहिलो गोल गरेको दिन इटालियन क्लबले लुडोगोरेट्ज राजग्राडलाई २–० ले पराजित गरेको छ।
टोटेनह्यामका पुर्व मिडफिल्डर इरिक्सनले ७१औं मिनेटमा लुकाकुको पासमा गोल गरेका थिए। इन्जुरीमा समयमा लुकाकुले पेनाल्टीमा गोल गर्नुअघि इरिक्सनले २५ यार्डबाट हानेको प्रहार बारमा लगेर फर्किएको थियो। इरिक्सन यही जनवरी ट्रान्सफर विन्डोमा इन्टरसँग अनुबन्ध भएका थिए। इन्टर गएपछि उनले पाँच खेलमा १३७ मिनेट खेलेका छन्। यसअघि उनी गोल र गोलका अवसर सिर्जना गर्न असफल थिए।
अर्को इटालियन क्लब एएस रोमाले जेन्टलाई १–० ले पराजित गर्यो। रोमाको जितमा कार्लेस परेजले १३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जर्मन बुन्डेसलिगाको क्लब उल्फसबर्गले माल्मोलाई २–१ ले हराउँदा लेभरकुसेनले पनि एफसी पोर्टोविरुद्ध समान २–१ को नतिजा निकाल्यो। गेटाफेले आयाक्सलाई २–० ले हराउँदा साख्तर डोनेस्कले बेनफिकालाई २–१ ले हरायो।