काठमाडौं। केभिन डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ह्याममाथि २-० को नतिजा निकालेको छ।
युइएफएले युरोपियन प्रतियोगितामा दुई वर्षका लागि प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल हो।
युइएफएको कारवाहीविरुद्ध सिटीले ९ फागुनमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) मा जाने जनाइसकेको छ।
सिटीको समर्थकले गएराति मैदानमा पनि युइएफएको विरोध गरेका थिए।
सिटीको समर्थकले रंगशालामा पहिलो हाफमा युईएफएविरुद्ध नारावाजी गरेका थिए। त्यसै बीचमा डी ब्रुयनाको कर्नरलाई रोड्रीले हेडमार्फत पोष्टको दिशा दिए।
सिटीका समर्थकले रंगशालामा ब्यानर पनि प्रस्तुत गरेका थिए। जसमा लेखिएको थियो, ‘युईएफए कार्टेल’, ‘युईएफए माफिया’।
समर्थकले प्रशिक्षक पेप ग्वार्डिओला र क्लब मालिक शेख मान्सोउरको समर्थनमा थुप्रै गीत गाएका थिए।
मैदानभित्र सिटीका खेलाडीले प्रदर्शनमा भने कुनै कमी थिएन। तर, ग्राब्रियल जिससले भने गोलका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुके।
वेष्ट ह्यामको विपक्षी क्षेत्रमा ६ ‘टच’ मात्र सम्भव भएको थियो भने विपक्षी पोष्टमा एउटै प्रहार गर्न सफल भएन।
६२औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा केभिन डी ब्रुयनाले अर्को गोल थपेपछि सिटीको तीन अंक पक्का भएको थियो।
"मैदानभित्र हामीले व्यवसायिक प्रदर्शन गर्यौँ। मैदानबाहिर के भयो त्यसले ठूलो अर्थ राख्दैन," सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, "यस क्लबलाई माया गर्नेहरूका लागि हामी सिजनको अन्तिम समयसम्म सक्दो राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं। अझै रोचक खेल हुनै बाँकी छ।"
प्रतिबन्धपछि क्लबमै रहने वा नरहने भन्नेबारे ग्वार्डिओलाले भने, "उनीहरूले बर्खास्त नगरेसम्म म यही रहनेछु। म यो क्लबलाई माया गर्छु। मलाई यहाँ बस्न मन पर्छ। यो मेरो क्लब हो र यही रहन्छु। हामी अपिल गर्छौँ। कोही सही छ भने उसले लड्नुपर्छ। क्लबले पनि लड्नुपर्छ। क्लबप्रति म शतप्रतिशत विश्वस्त छु। उनीहरूले मलाई विश्वास दिलाएका छन्। सबै सकिएको छैन। हामी पर्खिरहेका छौं। यो समाधान नहुँदासम्म हामीले खेल्नुपर्छ।"
" /> काठमाडौं। केभिन डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ह्याममाथि २-० को नतिजा निकालेको छ।युइएफएले युरोपियन प्रतियोगितामा दुई वर्षका लागि प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल हो।

">