१२ मध्ये पाँच खेल जिते लिभरपुलले प्रिमियर लिग जित्‍ने पक्का
काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल झण्डै तीन दशकपछि पहिलो पटक प्रिमियर लिगको उपाधि उचाल्ने संघारमा पुगेको छ।
लिभरपुलको जितमा एक मात्र गोल साडियो मानेले ७८ औं मिनेटमा गरेका थिए।
यो जितसँगै लिभरपुलले लिगका सात खेल बाँकी छँदै उपाधि जित्ने सम्भावना पनि बलियो पारेको छ।
लिभरपुल अहिले ७६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ।
लिभरपुलले २६ खेल खेलेको छ भने सिटीले एक खेल कम खेलेको छ।
लिगमा अब लिभरपुलले १२ र सिटीले १३ खेल खेल्न बाँकी छ।
१२ मध्ये पाँच खेल जित्दा लिभरपुलका ९१ अंक हुनेछ।
त्यसैगरी दोस्रो स्थानको सिटीले बाँकी सबै (१३) खेल नै जित्दा पनि उसको ९० अंक मात्र हुनेछ।
यो हिसाबले अब बाँकी १२ मध्ये पाँच खेलमा जित्दा पनि लिग उपाधि लिभरपुलको हुनेछ।
प्रतिक्रिया दिनुहोस्