काठमाडौं। हिमालयन शेर्पा क्लबले आज न्युरोड टीम ‘एनआरटी’लाई २–१ ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको गरेको छ। लगातार चार हार ब्यहोरेपछि एनआरटीले भने लिगमा ‘सुपर सिक्स’ स्थान गुमाएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा एनआरटीले अग्रता लिएर पनि जोगान सकेन। एनआरटीले ३१औं मिनेटमा राजेश परियारको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा स्टेफन समिर डिउबेनीले बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा त्रिदेब गुरूङले गरेको गोल हिमालयन शेर्पाको जितमा निर्णायक बन्यो।
लिगमा राम्रो सुरुआत गरे पनि एनआरटीले पछिल्लो चार खेलमा लगातार हार ब्यहोरेपछि ‘सुपर सिक्स’ को स्थान गुमाएको छ। नवौं चरणमा ब्रिगेड ब्वाइजलाई २–० ले हराएपछि त्यसयता एनआरटीले जित्न सकेको छैन। एनआरटी फ्रेण्ड्ससँग २–०, मनाङ मर्स्याङदीसँग ४–१, थ्री स्टारसँग १–० र हिमालयन शेर्पासँग २–१ ले पराजित भयो।
१३ खेलमा १५ अंक जोडेको एनआरटी नवौं स्थानमा छ। एनआरटीले पाँच जित, दुई बराबरी र ६ खेलमा पराजयको नतिजा निकालेको छ। एनआरटीको खासमा १७ अंक हो। तर गत सिजन पुछारमा रहेर लिगको अन्य गरेका कारण एनआरटीको दुई अंक घटाइएको हो।
हिमालयन शेर्पा भने दशौं स्थानमा छ। हिमालयन शेर्पाको १४ अंक छ। फ्रेण्ड्स क्लबको पनि समान १४ अंक छ। तर गोलअन्तरमा हिमालयन शेर्पा माथि रहेको हो।
" /> काठमाडौं। हिमालयन शेर्पा क्लबले आज न्युरोड टीम ‘एनआरटी’लाई २–१ ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको गरेको छ। लगातार चार हार ब्यहोरेपछि एनआरटीले भने लिगमा ‘सुपर सिक्स’ स्थान गुमाएको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा एनआरटीले अग्रता लिएर पनि जोगान सकेन। एनआरटीले ३१औं मिनेटमा राजेश परियारको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा स्टेफन समिर डिउबेनीले बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा त्रिदेब गुरूङले गरेको गोल हिमालयन शेर्पाको जितमा निर्णायक बन्यो।

">