काठमाडौं। वैकल्पिक खेलाडी जुमानु राईको ह्याट्रिकमा नेपाल पुलिस क्लबले आज फ्रेण्ड्स क्लबमाथि ३–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ। जुमानु राईले लिगमा गोल गरेको २०७० पछि यो पहिलो हो।
सातदोबाटोस्थ्ति एन्फा मुख्यालयमा जुमानुले ४९औं मिनेटमै गरेको गोलमा पुलिस क्लबले अग्रता लिएको थियो। जुमानले मैदान छिरेको तीन मिनेटमै गोल गरेका हुन्। जुमानु ४६औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। भोला सिलवालले वायाँ भागबाट गरेको क्रस फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले राम्रोसँग रोक्न सकेनन्। त्यही बलमा जुमानुले गोल गरेका हुन्।
जुमानले लिगमा गरेको यो ६ वर्षपछि पहिलो गोल हो। २०७० को लिगमा जुमानुले पाँच गोल गरेका थिए। त्यसपछि एन्फाले राष्ट्रिय लिग लिग खेलायो। शहीद स्मारक ‘ए’ डिभिजन लिग भएन। जुमानुले राष्ट्रिय लिग पनि खेलेनन्। गत सिजन पनि जुमानुले खेलेनन्। जारी सिजन उनी पुनः लिगमा फर्किएका हुन्।
जुमानुले ५६औं मिनेटमा दोस्रो गोल गरे। उनले नीरकुमार राईको पासमा गोल गरेका हुन्। जुमानुले खेल सकिन ६ मिनेट बाँकी छँदा ह्याट्रिक गरे। नीरकुमारकै पासमा जुमानले १८ यार्डबाट वायाँ खुट्टाले हानेको प्रहारलाई फ्रेण्ड्सका गोलकिपर देबले रोक्न सकेनन्। जारी लिगमा यो दोस्रो ह्याट्रिक हो।
यसअघि थ्री स्टारका फरवार्ड संजोग राईले ह्याट्रिक गरेका थिए। १८ माघमा सम्पन्न सरस्वती युथ क्बलविरुद्धको खेलमा संजोगले ह्याट्रिक गरेका थिए।
यो जितसँगै नेपाल पुलिस क्लबले ‘सुपर सिक्स’मा स्थान पक्का गरेको छ। पुलिस क्बल २० अंकसहित पाँचौं स्थानमा छ। एक खेल कम खेलेको जावालाखेल युथ १९ अंकका साथ छैटौं स्थानमा छ। सातौं स्थानमा च्यासलको १५ अंक छ। नेपाल पुलिस क्बलले १३ खेलमा ६ जित, दुई बराबरी र पाँच हारको नतिजा निकालेको छ।
ब्राजिलका प्रशिक्षक र तीन खेलाडी समावेश गरेको फ्रेण्ड्स १४ अंकसहित दशौं स्थानमा छ। फ्रेण्डसले चार जित, दुई बराबरी र सात हारको नतिजा निकालेको थियो।
लिगमा सरस्वती युथ रेलिगेशनमा परिसकेको छ भने उपाधि त्रिभुवन आर्मी र मछिन्द्र क्लबमध्ये एकले जित्ने पक्का भइसकेको छ।
लिगमा आजै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ब्रिगेड ब्वाइज र सरस्वती युथले संकटा क्बलसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। वैकल्पिक खेलाडी जुमानु राईको ह्याट्रिकमा नेपाल पुलिस क्लबले आज फ्रेण्ड्स क्लबमाथि ३–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ। जुमानु राईले लिगमा गोल गरेको २०७० पछि यो पहिलो हो।सातदोबाटोस्थ्ति एन्फा मुख्यालयमा जुमानुले ४९औं मिनेटमै गरेको गोलमा पुलिस क्लबले अग्रता लिएको थियो। जुमानले मैदान छिरेको तीन मिनेटमै गोल गरेका हुन्। जुमानु ४६औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। भोला सिलवालले वायाँ भागबाट गरेको क्रस फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले राम्रोसँग रोक्न सकेनन्। त्यही बलमा जुमानुले गोल गरेका हुन्।

">