काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले ३–३ बराबरी खेलेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध हिमालयन शेर्पाले ३–१ को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै तीन–तीनको बराबरी गर्यो ।
खेलको पाँचौ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए। २६औं मिनेटमा विजय श्रेष्ठले गोल थपे। ३५औं मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सिमित भएको थियो। काउन्टरमा आएको बललाई पेनाल्टी क्षेत्रभन्दा बाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई रातो कार्ड देखाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २–१ मा ल्याए। त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औं मिनेटमा जाउलाखेलका फोडे फोफानाले एक गोल गरे भने रुपबहादुर लामाले एक गोल थपे।
बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अङ्क जोडेको छ। जावलाखेल लिगको पाँचौ स्थानमा छ। समान खेलबाट ११ अङ्क जोडेको हिमालयन शेर्पा ११औं स्थानमा छ ।
" /> काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले ३–३ बराबरी खेलेका छन्।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध हिमालयन शेर्पाले ३–१ को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै तीन–तीनको बराबरी गर्यो ।

">