बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

काठमाडौं। रोबर्ट लेवन्डस्कीले दुई गोल गरेको दिन बायर्न म्युनिखले गएराति होफेनहेमलाई ४-३ ले हराउँदै जर्मन कपको क्‍वार्टरफाइनलमा स्थान बनाएको छ।

जारी सिजनमा लेवन्डस्कीको यो ३५औं गोल हो।

पोल्यान्डका स्ट्राइकर लेवन्डस्कीले ३६औं मिनेटमा गोल गरेका थिए।

उनले खेल सकिन दश मिनेट बाँकी छँदा अर्को गोल थपे। उनले २९ खेलमा ३५ गोल गरेका हुन्।

जारी सिजन उत्कृष्ट लयमा रहेका लेवन्डस्कीले पछिल्ला सबै चार खेलमा गोल गरेका छन्।

बायर्नका जेरोमी बाऐटेङले गरेको आत्मघाती गोलमा होफेनहेमले आठौं मिनेटमा अग्रता लिएको थियो।

होफेनहेमका बेन्जामिन हबनरले गरेको आत्मघाती गोलमा बायर्नले १३औं मिनेटमा बराबरी गर्‍यो।

२०औं मिनेटमा थोमस मुलरले गरेको गोलमा बायर्नले अग्रता लियो।

मुनस डब्बरले ८२औं मिनेट र इन्जुरी समयमा गोल गरेपनि टोलीलाई जिताउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्