टोटेनह्याम एफए कपको पाँचौं चरणमा

काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले साउथह्याम्पटनलाई हराउँदै एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ।

टोटेनह्यामले अब नर्विच सिटीविरुद्ध खेल्नेछ।

टोटेनह्यामले १२औं मिनेटमा अग्रता लिएको थियो।

घरेलु टोलीका टोङगाए डेम्बेले हानेको प्रहार साउथह्याम्पटनका रक्षक ज्याक स्टेफन्सलाई लागेर गोलमा परिणत भएको थियो।

शेन लङले ३४औं मिनेटमा बराबरी गोल फर्काए।

नाथन रेडमोण्डले हानेको प्रहार टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले बचाए पनि रिबाउन्डमा प्राप्त बलमा लङले गोल गरे।

रेडमण्डकै पासमा ड्यानी इङ्सले गरेको गोलमा साउथह्याम्पटनले अग्रता लिएको थियो।

तर, त्यसको ६ मिनेट वित्न नपाउँदै लुकास मोउराले बराबरी गोल फर्काए।

खेल सकिन तीन मिनेट बाँकी छँदा सन ह्युङ-मिनले पेनाल्टीमा गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो।

साउथह्याम्पटनका गोलकिपर अनगुस गनले मिनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो।

पाँचौं चरणमा साउथह्याम्पटनले अब नर्विच सिटीविरुद्ध खेल्नेछ।

यसअघि टोटेनह्यामले साउथह्याम भ्रमणमा १-१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्