काठमाडौं। दी काठमाडौं पोष्टका खेलकुद ब्युरो प्रमुख प्रज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसन(एआइपीएस)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड–२०१९ को ‘राइटिङ बेष्ट कोलम’ विधाको अवार्ड जित्न सफल भएका छन्।
सोमबार राती हंगेरीको बुढापेष्टमा सम्पन्न कार्यक्रममा ओलीले शीर्ष तीनबाट उत्कृष्ट घोषित भएका हुन्। ओलीको १९ असारमा काठमाडौं पोष्टमा प्रकाशित ‘मुश्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेलसंघहरू पालिएका छन्’ शीर्षक समाचार उत्कृष्ट घोषित भएको हो।
विश्वभरका १०८ देशका प्रतिस्पर्धीहरूबाट ओली शीर्ष तीनमा पर्न सफल भएका हुन्। नेपाल खेलकुद पत्रकार मञ्चका महासचिवसमेत गरेका ओलीसँगै स्पेनका कार्लोस माटालानस र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पर्न सफल भएका थिए।

‘मलाई विश्वास लागेको छैन। मसँग बोल्ने शब्द छैन,’ अवार्ड जितपछि ओलीले भने, ‘नेपालजस्तो देशको रिपोर्टरको लागी यो ठुलो उपलब्धि हो। मेरो अफिसको सम्पुर्ण साथीहरू तथा मञ्च परिवारलााई धन्यवाद।’
विजेताले ओलीले आठ हजार अमेरिकी डलर पुरस्कार जितेका छन्। दोस्रो हुनेले तीन हजार तथा तेस्रो हुनेले दुई हजार अमेरिकी डलर पुरस्कार जिते।