काठमाडौं। जावलाखेल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लबलाई १–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सुजित बुढाथोकीले ३२औं मिनेटमा गरेको गोल जावलाखेल युथको जितमा निर्णायक बन्यो। गोलकिपर विशाल सुनारको गल्तीमा ब्रिगेड ब्वाइजले गोल खाएको हो। सुनारले गरेको हेलचक्रयाइँमा जावलाखेलका रूपबहादुर लामाले बल खोसे। रूपबहादुरको पासमा सुजितले कुनै गल्ती नगरी गोल गरे। उनको त्यही गोल जावलाखेलाई महत्वपुर्ण तीन अंक दिलाउन पर्याप्त बन्यो।

जितसँगै जावलाखेल लिगको छैठौं स्थानमा छ। लिगको दशमध्ये चारमा जित र तीन खेल बराबरी खेलेको जावलाखेलले १५ अंक जोडेको छ। समान १५ अंक भए पनि न्युरोड टीम (एनआरटी) पाँचौं तथा संकटा सातौं स्थानमा छ। तथापी एनआरटीले एक खेल कम खेलेको छ।

ब्रिगेड ब्वाइज भने ८ अंकका साथ ११औं स्थानमा छ। जुन पुछारको क्लब सरस्वती युथ क्लबको भन्दा चार अंकले बढी हो। ब्रिगेड ब्वाइजको यो छैठौं हार हो।  ब्रिगेड ब्वाइजले दुई जित र दुई बराबरी खेलेको छ।

" /> काठमाडौं। जावलाखेल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लबलाई १–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सुजित बुढाथोकीले ३२औं मिनेटमा गरेको गोल जावलाखेल युथको जितमा निर्णायक बन्यो। गोलकिपर विशाल सुनारको गल्तीमा ब्रिगेड ब्वाइजले गोल खाएको हो। सुनारले गरेको हेलचक्रयाइँमा जावलाखेलका रूपबहादुर लामाले बल खोसे। रूपबहादुरको पासमा सुजितले कुनै गल्ती नगरी गोल गरे। उनको त्यही गोल जावलाखेलाई महत्वपुर्ण तीन अंक दिलाउन पर्याप्त बन्यो।

जितसँगै जावलाखेल लिगको छैठौं स्थानमा छ। लिगको दशमध्ये चारमा जित र तीन खेल बराबरी खेलेको जावलाखेलले १५ अंक जोडेको छ। समान १५ अंक भए पनि न्युरोड टीम (एनआरटी) पाँचौं तथा संकटा सातौं स्थानमा छ। तथापी एनआरटीले एक खेल कम खेलेको छ।

ब्रिगेड ब्वाइज भने ८ अंकका साथ ११औं स्थानमा छ। जुन पुछारको क्लब सरस्वती युथ क्लबको भन्दा चार अंकले बढी हो। ब्रिगेड ब्वाइजको यो छैठौं हार हो।  ब्रिगेड ब्वाइजले दुई जित र दुई बराबरी खेलेको छ।

"> गोलकिपरको गल्तीले ब्रिगेड ब्वाइजको पराजय: Dekhapadhi
गोलकिपरको गल्तीले ब्रिगेड ब्वाइजको पराजय
काठमाडौं। जावलाखेल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लबलाई १–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सुजित बुढाथोकीले ३२औं मिनेटमा गरेको गोल जावलाखेल युथको जितमा निर्णायक बन्यो। गोलकिपर विशाल सुनारको गल्तीमा ब्रिगेड ब्वाइजले गोल खाएको हो। सुनारले गरेको हेलचक्रयाइँमा जावलाखेलका रूपबहादुर लामाले बल खोसे। रूपबहादुरको पासमा सुजितले कुनै गल्ती नगरी गोल गरे। उनको त्यही गोल जावलाखेलाई महत्वपुर्ण तीन अंक दिलाउन पर्याप्त बन्यो।

जितसँगै जावलाखेल लिगको छैठौं स्थानमा छ। लिगको दशमध्ये चारमा जित र तीन खेल बराबरी खेलेको जावलाखेलले १५ अंक जोडेको छ। समान १५ अंक भए पनि न्युरोड टीम (एनआरटी) पाँचौं तथा संकटा सातौं स्थानमा छ। तथापी एनआरटीले एक खेल कम खेलेको छ।

ब्रिगेड ब्वाइज भने ८ अंकका साथ ११औं स्थानमा छ। जुन पुछारको क्लब सरस्वती युथ क्लबको भन्दा चार अंकले बढी हो। ब्रिगेड ब्वाइजको यो छैठौं हार हो।  ब्रिगेड ब्वाइजले दुई जित र दुई बराबरी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्