फातीको दुई गोलमा बार्सिलोनाको जित
काठमाडौं। युवा खेलाडी अंशु फातीको दुई गोलमा बार्सिलानाले लेभान्टेलाई पराजित गर्दै शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी तीन अंकमा छोट्याएको छ।
१७ वर्षे फातीले गरेको गोलमा बार्सिलोनाले ३०औं मिनेटमा अग्रता लिएको थियो।
उनले कप्तान लियोनल मेसीको पासमा विपक्षी एक रक्षकलाई कटाएर हालेको बल विपक्षी गोलकिपर एइटोरले रोक्न सकेनन्।
त्यसको एक मिनेट वित्न नपाउँदै फातीले मेसीकै पासमा अग्रता दोब्बर बनाए।
तर, पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन। इन्जुरी समयमा रुबेन रोचिनाले २५ यार्डबाट हानेको ‘हाफ भली’ गोलमा परिणत भएको थियो।
लेभान्टेले घरेलु मैदानमा बार्सिलोनालाई ३-१ ले पराजित गरेको थियो।
तर, लेभान्टेले नोउ क्याम्पमा भने बार्सिलोनासँग अंक लिन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्