युभेन्टसमाथि इन्टरको दबाब कायमै
काठमाडौं। रोमेलु लुकाकुले दुई गोल गरेपछि इन्टर मिलानले गएराति युडिनेसलाई २-० ले हराएको छ।

जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टसमाथिको दबाब कायमै राखेको छ।

इन्टर मिलान ५१ अंकका साथ दोस्रो स्थानमा छ। जुन युभेन्टसको भन्दा तीन अंकले कम हो।

साविक विजेता युभेन्टसको ५४ अंक छ। युभेन्टसले १९ माघमा चाडो गरी भएको खेलमा फियोरेन्टिनालाई पराजित गरेको थियो।

क्रिष्टियन इरिक्सन, एशले योङ र चेल्सीबाट लोनामा आएका भिक्टर मोसेसले लिगमा इन्टरबाट डेब्यू गरे।

लुकाकुले ६४औं मिनेटमा इन्टरलाई अग्रता दिए भने ७१औं मिनेटमा पेनाल्टीमा अग्रता दोब्बर बनाए।

म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड लुकाकुले लिगमा १६ गोल गरिसकेका छन् भने सबै खाले प्रतियोगितामा इन्टरबाट २० गोल गरिसकेका छन्।

उनले पहिलो गोल निकोलो बारेलाको पासमा गरेका थिए।

दोस्रो गोल भने युनाइटेडबाट लोनका आएका एलेक्सिस सान्चेजलाई जुवान मुसोले फाउल गरेपछि इन्टरले पेनाल्टी अवसर पाएको थियो।

एन्टोनियो कोन्टेको इन्टरले यसअघि लिगका तीन खेलमा १-१ को बराबरी खेलेको थियो।

इन्टरले अर्को साता शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई आतिथ्य प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्