काठमाडौं। नोभाक जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै डोमिनिक थिएमलाई पाँच सेटमा हराउँदै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्न पार्कमा दोस्रो वरियताप्राप्त जोकोभिचको यो कीर्तिमान आठौं उपाधि हो।

जोकोभिचले पहिलो सेट ६–४ ले जितेका थिए। तर, उनी दोस्रो र तेस्रो सेट क्रमशः ६–४ र ६–२ ले पराजित भएका थिए। तर, उनले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरे। उनले चौंथो ६–३ र पाँचौं सेट ६–४ ले जित्दै उपाधि रक्षा गरे।

सर्वियाका जोकोभिचले यसअघि २००८, २०११, २०१२, २०१३, २०१५, २०१६ र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। ३२ वर्षे जोकोभिचको यो १७औं ग्राण्ड स्लाम उपाधि हो। यो जितसँगै उनी शीर्ष वरियातामा पुनरागमन गरेका छन्।

अस्ट्रियाका पाँचौं वरियताप्राप्त थिएमले पहिलो ग्राण्ड स्लाम जित्न अझै कुर्नुपर्ने भएको छ। २६ वर्षे थिएम तीन ग्राण्ड स्लामको फाइनलमा पराजित भए। थिएमलाई हराउन जोकोभिचलाई ३ घण्टा ५९ मिनेटको समय लाग्यो। थिएम यसअघि २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए।

पछिल्लो १३ ग्राण्ड स्लामको उपाधि जोकोभिच, नाडाल र रोजर फेडेररको नाममा छ। २०१६ सेप्टेम्बरमा स्विट्जरल्यान्डका स्टेन वावरिन्काले जितपछि जोकोभिच, नाडाल र फेडेररबाहेक अन्य खेलाडीले ग्राण्ड स्लामको उपाधि जितेका छैनन्।

" /> काठमाडौं। नोभाक जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै डोमिनिक थिएमलाई पाँच सेटमा हराउँदै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्न पार्कमा दोस्रो वरियताप्राप्त जोकोभिचको यो कीर्तिमान आठौं उपाधि हो।

जोकोभिचले पहिलो सेट ६–४ ले जितेका थिए। तर, उनी दोस्रो र तेस्रो सेट क्रमशः ६–४ र ६–२ ले पराजित भएका थिए। तर, उनले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरे। उनले चौंथो ६–३ र पाँचौं सेट ६–४ ले जित्दै उपाधि रक्षा गरे।

सर्वियाका जोकोभिचले यसअघि २००८, २०११, २०१२, २०१३, २०१५, २०१६ र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। ३२ वर्षे जोकोभिचको यो १७औं ग्राण्ड स्लाम उपाधि हो। यो जितसँगै उनी शीर्ष वरियातामा पुनरागमन गरेका छन्।

अस्ट्रियाका पाँचौं वरियताप्राप्त थिएमले पहिलो ग्राण्ड स्लाम जित्न अझै कुर्नुपर्ने भएको छ। २६ वर्षे थिएम तीन ग्राण्ड स्लामको फाइनलमा पराजित भए। थिएमलाई हराउन जोकोभिचलाई ३ घण्टा ५९ मिनेटको समय लाग्यो। थिएम यसअघि २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए।

पछिल्लो १३ ग्राण्ड स्लामको उपाधि जोकोभिच, नाडाल र रोजर फेडेररको नाममा छ। २०१६ सेप्टेम्बरमा स्विट्जरल्यान्डका स्टेन वावरिन्काले जितपछि जोकोभिच, नाडाल र फेडेररबाहेक अन्य खेलाडीले ग्राण्ड स्लामको उपाधि जितेका छैनन्।

"> अस्ट्रेलियन ओपनमा जोकोभिचको कीर्तिमानी उपाधि: Dekhapadhi
अस्ट्रेलियन ओपनमा जोकोभिचको कीर्तिमानी उपाधि
काठमाडौं। नोभाक जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै डोमिनिक थिएमलाई पाँच सेटमा हराउँदै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्न पार्कमा दोस्रो वरियताप्राप्त जोकोभिचको यो कीर्तिमान आठौं उपाधि हो।

जोकोभिचले पहिलो सेट ६–४ ले जितेका थिए। तर, उनी दोस्रो र तेस्रो सेट क्रमशः ६–४ र ६–२ ले पराजित भएका थिए। तर, उनले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरे। उनले चौंथो ६–३ र पाँचौं सेट ६–४ ले जित्दै उपाधि रक्षा गरे।

सर्वियाका जोकोभिचले यसअघि २००८, २०११, २०१२, २०१३, २०१५, २०१६ र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। ३२ वर्षे जोकोभिचको यो १७औं ग्राण्ड स्लाम उपाधि हो। यो जितसँगै उनी शीर्ष वरियातामा पुनरागमन गरेका छन्।

अस्ट्रियाका पाँचौं वरियताप्राप्त थिएमले पहिलो ग्राण्ड स्लाम जित्न अझै कुर्नुपर्ने भएको छ। २६ वर्षे थिएम तीन ग्राण्ड स्लामको फाइनलमा पराजित भए। थिएमलाई हराउन जोकोभिचलाई ३ घण्टा ५९ मिनेटको समय लाग्यो। थिएम यसअघि २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए।

पछिल्लो १३ ग्राण्ड स्लामको उपाधि जोकोभिच, नाडाल र रोजर फेडेररको नाममा छ। २०१६ सेप्टेम्बरमा स्विट्जरल्यान्डका स्टेन वावरिन्काले जितपछि जोकोभिच, नाडाल र फेडेररबाहेक अन्य खेलाडीले ग्राण्ड स्लामको उपाधि जितेका छैनन्।

प्रतिक्रिया दिनुहोस्