फर्नान्डेस डेब्यू खेलमा प्रभाव छाड्न असफल
काठमाडौं। ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेडबाट डेब्यू खेलमा आफ्नो प्रभाव छाड्न असफल भएका छन्।
चार करोड ७० लाख पाउण्डमा इङ्ल्यान्डमा आएका फर्नान्डेसले डेब्यू गरेको खेलमा युनाइटेडले ओल्ड ट्राफोर्डमा उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको छ।
फर्नान्डेसले गोलका लागि गरेका केही प्रयासलाई उनकै देशका रुई प्याट्रिसियोले बचाइदिएका थिए।
अन्तिम मिनेटमा बैकल्पिक खेलाडी डिएगो डालोटको एरोन वान बिसाकाको क्रसमा गरेको हेड थोरैले बाहिरिएपछि तीन अंक लिने युनाइटेडका आश समाप्त भएको थियो।
ओल गनर सोल्सायरको युनाइटेडले पछिल्लो पाँच खेलमा चार अंकमात्र जोड्न सफल भएको छ।
बराबरीसँग युनाइटेड छैटौं स्थानमा झरेको छ। युनाइटेडको ३५ अंक छ।
जुन चौथो स्थानको चेल्सीको भन्दा ६ अंकले कम हो। उल्भरह्याम्पटन सातौं स्थानमा यथावत छ। उल्भरह्याम्पटनको पनि ३५ अंक छ।
गएराति नै क्रिष्टल प्यालेसमाथि १-० को नतिजा निकालेको सेफिल्ड युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ।
सेफिल्ड युनाइटेडको जितमा भिसेन्टे गुइटाले ५८औं मिनेटामा गरेको आत्मघाती गोल उपहार निर्णायक बन्यो।
एभर्टनको जितमा यारी मिनाले दुई तथा थियो वालकटले एक गोल गरे भने वाटफोर्डका लागि एडम मासिना र रोबर्टो पेरेराले एक/एक गोल गरे।
वाटफोर्डले २-० गोलको अग्रता जोगाउन सकेको थिएन।
वेष्ट ह्याम र ब्राइटनले ३-३ को बराबरी खेल्दा न्युक्यास युनाइटेड र नर्विच सिटीले गोलरहित बराबरी खेले।
प्रतिक्रिया दिनुहोस्