काठमाडौं। डोमिनिच थिएमले अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि साविक विजेता नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
अष्ट्रियाका थिएमले एलेक्जेन्डर जेभरेभ ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
पाँचौं वरियताका २६ वर्षे थिएमले जर्मनीका जेभरेभलाई ३–६, ६–४, ७–६ (७/३), ७–६(७/४) को सेटमा हराएका हुन्। थिएम अस्ट्रेलियन ओपनको फाइनल पुगेको यो पहिलो पटक हो।
उनले अब आइतबार उपाधिका लागि जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन्। उनी यसघि दुई पटक फ्रेन्च ओपनको फाइनलमा पराजित भएका थिए।
जोकोभिच रोड लेभर एरिनामा कीर्तिमानी आठौं तथा समग्रमा १७औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन्।
“अस्ट्रेलियन आपेनको फाइनलमा पुगे भनेर विश्वास नै लागेको छैन”, थिएमले भने, “दुई सेट टाइब्रेकमा गयो। उनलाई हराउन धेरै कठिन भयो।”
थिएमले अस्ट्रेलियन ओपनको उपाधि जिते ग्राण्डस्लाम जित्ने उनी दोस्रो अस्ट्रियाका खेलाडी बन्नेछन्। यसअघि १९९५ मा थोमस मस्टरले फ्रेन्च ओपनको उपाधि जितेका थिए।
दोस्रो वरियताका जोकोभिचले सेमिफाइनलमा तेस्रो वरियाताका रोजर फेडेररलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए।
" /> काठमाडौं। डोमिनिच थिएमले अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि साविक विजेता नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने भएका छन्।अष्ट्रियाका थिएमले एलेक्जेन्डर जेभरेभ ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

">