फर्नान्डेस युनाइटेडमा अनुबन्ध
काठमाडौं। ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडलाई सफलता र उपाधि दिलाउन आफूले सबै प्रयास गर्ने बताएका छन्।

स्पोर्टिङ लिस्बनका फर्नान्डेस साढे पाँच वर्षका लागि युनाइटेडसँग अनुबन्ध भएका छन्।

२५ वर्षे मिडफिल्डरलाई युनाइटेडले समग्रमा आठ करोड पाउण्डमा अनुबन्ध गरेको हो।

"युनाइटेडबाट खेल्न पाउनु मेरो लागी धेरै खुसिको कुरा हो," पोर्चुगलका फर्नान्डेसले भने।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले फर्नान्डेसको आगमन टीमको लागि उत्साहजनक भएको बताए।

जनवरी खेलााडी सरुवा बजारमा फर्नान्डेस प्रिमियर लिगको सबभन्दा ठूलो नाम हो।

स्पोर्टिङ लिस्बनबाट युनाइटेड आउने क्रिष्टियानो रोनाल्डो, नानी र मार्कोस रोहोपछि उनी अर्का खेलाडी हुन्।

उनले सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्।

"क्रिष्टियानोले खेलेदेखी नै मलाई युनाइटेड मन पर्न थालेको थियो। म यो क्लबको ठूलो फ्यान हुँ," फर्नान्डेसले भने, "म यहाँ कडा मेहनत गर्छु। क्लवलाई अझ धेरै सफलता र उपाधि दिलाउनका लागि म सक्दो सबै प्रयास गर्नेछु। समर्थकका लागि यो मेरो बाचा हो।"

फर्नान्डेस २००७ मा साम्पडोरियाबाट ७२ लाख पाउण्डमा स्पोर्टिङ लिस्बनसँग अनुबन्धित भएका थिए।

उनले स्पोर्टिङ लिस्बनबाट १३७ खेलमा ६४ गोल गरेका थिए। उनले २०१८-१९ को सिजन पोर्चुगल कपको उपाधि पनि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्