मेसीले बनाए पाँच सय जितको कोशेढुंगा

काठमाडौं। कप्तान लियोनल मेसीले दुई गोल गरेको दिन बार्सिलोनाले लेगानेसमाथि ५-० को नतिजा निकाल्दै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

नयाँ प्रशिक्षक क्वेक सेटीनको प्रशिक्षणमा ११ माघमा स्पेनिस ला लिगामा भ्यालेन्सियासँग पराजित भएको बार्सिलोनाले गएराति घरेलु मैदान नोउ क्याम्पमा सहज नतिजा हात पारेको हो।

जितसँगै बार्सिलोनाले ३० पटक उपाधि जितेको कोपा डेल रेको अन्तिम आठमा स्थान बनाएको छ।

घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो।

एन्टोइन ग्रिज्मानको गोलमा बार्सिलोनाले चौथो मिनेटमै अग्रता लियो। २७औं मिनेटमा क्लेमेन्ट लेङलेटले अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा मेसीले तेस्रो र पाँचौं गोल थपे। यससँगै क्लबमा उनको गोल संख्या ६२३ भएको छ। आर्थरले चौथो गोल गरे।

बार्सिलोनाको जर्सीमा मेसीको यो ५००औं जित हो।

क्लवबाट ५ सयौँ जित पुरा गर्ने मेसी पहिलो खेलाडी हुन्।

यसअघि बार्सिलोनाको जर्सीमा जाभीले ४७६ तथा इनिएस्टाले ४५९औं जित हात पारेका थिए।

बार्सिलोनासँगै ला लिगाको शीर्ष क्लब रियाल मड्रिड, साविक विजेता भ्यालेन्सिया, एथलेटिक बिल्बाओ, भिल्लारियाल, ग्रानाडा, रियाल सोसिडाड र मिरान्डसले पनि अन्तिम आठमा स्थान पक्का गरिसकेका छन्।

सेभियालाई स्तब्ध बनाएको मिरान्डसमात्र स्पेनिस ला लिगाका बाहिरको एक्लो टीम हो।

प्रतिक्रिया दिनुहोस्