काठमाडौं। बैकिल्पक खेलाडी राजेश परियारले गरेको गोलमा न्युरोड टीम (एनआरटी) ले आज ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
२२औं मिनेटमा मैदान छिरेका राजेशले ३२औं मिनेटमा एनआरटीलाई अग्रता दिएका थिए। उनले दर्शन गुरुङको क्रसलाई पोष्टको दिशा दिएका थिए। राजेश २२औं मिनेटमा कृशन कुमारको स्थानमा मैदान छिरेका थिए।
राजेशले ५२औं मिनेटमा अग्रता दोब्बर बनाए। श्यामबाबु क्यापछाको पासलाई ६ यार्ड बक्सभित्र कसैको निगरानीमा नरहेका राजेशले पोष्टको दिशा दिएका थिए। दुई गोल गरेका राजेश ६६औं मिनेटमा बाहिरिएका थिए। राजेशलाई कृतिषरत्न छुन्जुले प्रतिस्थापन गरेका थिए।
जितसँगै एनआरटीको १५ अंक भएको छ। एनआरटीको खासमा १७ अंक हो। एनआरटीले पाँच खेल जितेको छ भने दुई हार र दुई बराबरी खेलेको छ। तर गत सिजन लिगको पुछारमा रहेका कारण एनआरटीको दुई अंक घटाइएको हो।
अखिल नेपाल फुटबल संघले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने टीको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले एनआरटीको यस सिजन दुई अंक घटाइएको हो।
‘‘त्यो निर्णय गर्दा डबल लिग गर्ने र दुई टीम झार्ने निर्णय भएको थियो। तर अहिले त्यो भएन। ती सबै नभएपछि हाम्रो अंक पनि नघटाउनु पर्ने हो। यस विषयमा क्लबले बोल्नुपर्ने थियो। तर बोलेनन्,’ अंक घटाइएको बारे एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘हाम्रोमा क्लबहरू चाहिने कुरामा बोल्दै बोल्दैन।’
उपाधि होडबारे प्रशिक्षक शाक्यले थपे, ‘उपाधि होड त गाह्रो छ। शीर्ष ६ मा रहने हाम्रो लक्ष्य हो। तर यही लय कामय रह्यो भने हामी शीर्ष तीन भित्र पर्नेछौं। आज तीन अंक महत्वपुर्ण थियो। खेलाडी घाइते भए पनि टीमले राम्रो खेल्यो।’
ब्रिगेड ब्वाइज भने ८ अंकका साथ ११औं स्थानमा छ। ब्रिगेड ब्वाइजले दुई खेलमात्र जितेको छ। ब्रिगेड ब्वाइजका कप्तान अनिल गुरूङ पेनाल्टीमा गोल गर्न चुके। उनले ६३औं मिनेटमा हानेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकिदिएका थिए।
‘पेनाल्टीमा गोल भएको भए नतिजा अर्कै आउन पनि सक्थ्यो। दुर्भाग्य त्यो भएन,’ ब्रिगेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पूनले भने, ‘नतिजा हाम्रो पक्षमा आएन। पहिलो हाफमा सानो गल्तिले गोल खायौं। दोस्रो हाफमा हामीले राम्रो खेल्यौं। तर पाएका अवसर सदुपयोग गर्न सकेनौं। यो हारले रेलिगेशनको डर बढेको छ। तर चार खेल बाँकी छ। केही न केही गर्छौं।’
" /> काठमाडौं। बैकिल्पक खेलाडी राजेश परियारले गरेको गोलमा न्युरोड टीम (एनआरटी) ले आज ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।२२औं मिनेटमा मैदान छिरेका राजेशले ३२औं मिनेटमा एनआरटीलाई अग्रता दिएका थिए। उनले दर्शन गुरुङको क्रसलाई पोष्टको दिशा दिएका थिए। राजेश २२औं मिनेटमा कृशन कुमारको स्थानमा मैदान छिरेका थिए।

">